
२३ असार, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् ।
शरद ऋतुसम्म प्रधानमन्त्रीमा भने रहिरहने उनले बताए । पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव बढेको थियो ।
तर उनले प्रधानमन्त्रीको साटो पार्टी नेताबाट राजीनामा दिने तयारी गरेका हुन् ।
यौन दुर्व्यवहारमा संलग्न रहेका व्यक्तिलाई उनको विगतबारे जानकारी हुँदा हुँदै पनि नियुक्ति दिएको पाइएपछि जोन्सनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै केही मन्त्री र सरकारका सहयोगीहरुले राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4