२३ असार, काठमाडौं । प्रिसिजन टुर अन्तर्गत थाइल्याण्ड भ्रमणमा रहेको ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) थाइल्याण्डको कासेम बन्दित युनिभर्सिटी एफसीसँग ५-२ ले पराजित भएको छ ।
मलेसियाको टुर सकाएर थाइल्याण्ड पुगेको एनआरटी थाइ लिगको तेस्रो श्रेणीको क्लबसँग पराजित भएको हो ।
एनआरटीका लागि संजोक राई र स्टेफन समिरले गोल गरेका थिए । कासिम युनिभर्सिटीका लागि चायासर्न, सुचोन सा एनगुएन्डी, सेउन चाङ मुन, सुपाक्रित पेट्पन र थिरासाक कामरान्ग्सीले एक-एक गोल गरे ।
एनआरटीले अब आइतबार चोनबुरी एफसीसँग र बुधबार थोनबुरी एफसीसँग खेल्नेछ ।
यसअघि मलेसियाको पेनाङमा भएको टीवाईटी कपमा कारो युनाइटेड र पेनाङ एफसीसँग एनआरटी पराजित भएको थियो ।
प्रतिक्रिया 4