काठमाडौं । स्पानिस टेनिस स्टार राफायल नाडालले चोटका कारण बेलायतमा भइरहेको विम्बल्डन ओपनबाट नाम फिर्ता लिएका छन् ।
सेमिफाइनलमा पुगेका नाडालले निक किर्गियोससँग खेल्ने तय थियो । तर पेटको चोटका कारण नाडालले नाम फिर्ता लिएका हुन् ।
किर्गियोसले भने अब फाइनल खेल्नेछन् । अर्को सेमिफाइनलमा नोभाक जोकोभिचले क्यामरुन नोरीसँग खेल्नेछन् ।
३६ वर्षीय नाडालले टेलर फिट्ज विरुद्धको पाँच सेट चलेको क्वाटरफाइनलमा पनि खेलका दौरान उपचार गराएका थिए ।
तर आफ्नो स्वास्थ्य भन्दा खुशी कुनै उपाधि नभएको भन्दै नाडालले सेमिफाइनल अघि नाम फिर्ता लिएका हुन् । उनले भने, ‘मैले करियरमा धेरै पटक निरन्तरता दिने प्रयास गरेको छु तर चोट झन् बढ्दै जाने स्पष्ट छ ।’ पेटको मसल्स च्यातिएकोले बाँकी दुई खेल खेल्ने नसक्ने नाडालले प्रष्ट पारे ।
कीर्तिमानी २२ पटकको ग्राण्ड्सलाम विजेता नाडालले दुई पटक विम्बल्डन जितेका छन् । उनले यस वर्ष अष्ट्रेलियन ओपनर र फ्रेन्च ओपन दुवै जितेका थिए ।
प्रतिक्रिया 4