+
+

एकीकृत समाजवादीको प्रमुख सचेतकमा सरला यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १५:३८

२४ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सांसद सरला यादवलाई प्रतिनिधिसभाको प्रमुख सचेतक बनाउने भएको छ।

शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले यादवलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अनलाइनखबरलाई जानकारी दिए।

यसअघिका प्रमुख सचेतक जीवनराम श्रेष्ठ मन्त्री बनेपछि रिक्त स्थानमा यादवलाई नियुक्त गर्ने निर्णय भएको हो ।

त्यस्तै बैठकले एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्षमा हर्कबहादुर सिंहलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?