
२४ असार, काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नियमित काममा फर्किएका छन् ।
सरकारले कार्यकारी अध्यक्ष अधिकारीलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो । अधिकारीले यस निर्णय विरुद्ध १३ असारमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
सर्वोच्च अदालतले बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यकारी अध्यक्ष अधिकारीलाई काममा फर्कन बाटो खोलेको हो ।
शुक्रबार काममा फर्किएका कार्यकारी अध्यक्ष अधिकारीले कर्मचारीबाट पूर्ण सहयोग पाउने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4