
२४ असार, बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकाको वडा नं. १ र १० मा एमाले विजयी भएको छ ।
वडा नं. १ मा एमालेका रणबहादुर थापा ४१६ मतसहित विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३५० मत मात्र ल्याए ।
यस्तै १० मा एमालेका दलबहादुर सावद ५४८ मतसहित वडाध्यक्षमा विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोहनबहादुर बुढाले ४९१ मत ल्याए ।
मेयर उपमेयर दुवैमा एमालेको अग्रता छ ।
वैशाख ३० गतेको स्थानीय चुनाव बदर गरी बूढीगंगामा बिहीबार मतदान गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4