
तस्वीर : प्रिया स्मृति गजमेर
२५ असार, दाङ । दाङमा जंगली च्याउ टिप्न गएका महिलाहरु खोलामा आएको बाढीले छेकिएपछि सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।
राजपुर गाउँपालिका–२ स्थित दक्षिण चुरे भएर उत्तरतर्फ बग्ने सोमइथान खोलामा आएको बाढीले छेकिएका उनीहरूको उद्धार गरिएको हो । १६/१७ जनाको समूह भएर त्रिशक्ति सामुदायिक वन क्षेत्रमा च्याउ खोज्न गएका बेला खोलामा आएको बाढीले गर्दा उनीहरु फसेका थिए ।
बिहान ९ बजेदेखि खोलाको बीच भागमा फसेका दश जना महिलालाई सशस्त्र प्रहरी बलको उद्दार टोलीले पाँच घण्टापछि उद्दार गरेको हो ।
च्याउ खोज्न गएका १८ जनामध्ये ९ जना निस्किन सफल भएका थिए भने बाँकी दश जना खोलाको विचभागमा फसेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4