
२६ असार, कर्णाली (सुर्खेत) । कर्णाली प्रदेश प्रमुख तिलक परियारले विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुने बताएका छन् ।
बकर ईद (इद-उल–अज्हा)का अवसरमा इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना दिंदै उनले यस्ता चाडपर्वको माध्यमबाट विभिन्न जातजाति र समुदायको संस्कृति र परम्पराको संरक्षण भई आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने बताएका हुन् ।
हाम्रो विविधताभित्रको सुदृढ एकताले राष्ट्रिय भावना अझ बलियो बनाउने सन्देश बकर ईदले दिने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख परियारले सहिष्णु र सभ्य समाज निर्माण गर्न यसले सबै नेपालीलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।
उनले कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4