
काठमाडौं । निशान भट्टराईको स्वरमा ‘गयौ मलाई छोडेर’ बोलको गीत सार्वजनिक भएको छ । पुरुषोत्तम बरालको शब्द र पुष्कल खतिवडाको संगीत रहेको गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका छन् ।
प्रेम वियोगको यो गीतको भिडियोमा बादल घिमिरे र उषा उप्रेती फिचर्ड छन् । भिडियोका निर्देशक राजीव समर हुन् ।
बुद्ध थापाले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । गीत ‘बादल घिमिरे’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4