
२६ असार, काठमाडौं । श्रीलंकामा राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले लाखौं रुपैयाँ फेला पारेका छन् ।
सामाजिक सञ्जालमा पैसा गनिरहेको एउटा भिडियो भाइरल भएको छ । जुन भिडियो श्रीलंकाको राष्ट्रपति भवन भित्रको रहेको र पैसा गन्नेहरु प्रदर्शनकारी रहेको दाबी श्रीलंकाली सञ्चार माध्यमले गरेका छन् ।
श्रीलंकाली सञ्चार माध्यम डेली मिररले त्यो पैसा सुरक्षा निकायलाई हस्तान्तरण गरिएको जनाएको छ ।
देश आर्थिक संटकमा परेपछि आक्रोशित श्रीलंकन नागरिकले शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको निवासमा कब्जा जमाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4