
काठमाडौं । हलिउड अभिनेता क्रिस इभान्सले मार्भल स्टुडियोको चर्चित सिरिज ‘क्याप्टेन अमेरिका’मा अभिनय गर्न अस्वीकार गरेका छन् । हलिउड रिपोर्टरका अनुसार उनले क्याप्टेन अमेरिका पात्रको रुपमा फर्कने हल्लाको खण्डन समेत गरेका छन् ।
क्रिसले फिल्मको मुख्य चरित्र स्टिभ रोजर्सको भूमिका आफूले नभई साम विल्सनले गर्ने समेत बताए । साम विल्सनको भूमिकामा एन्थोनी म्याकीले अभिनय गरेका छन् । उनले ट्वीटरमार्फत यस्तो जानकारी दिएका हुन् । अभिनेता म्याकी क्याप्टेन अमेरिका चरित्रमा योग्य रहेको समेत उनले बताए ।
सन् २०११ मा रिलिज भएको क्याप्टेन अमेरिकाको पहिलो श्रृंखलादेखि नै उनी क्याप्टेन अमेरिकाको चरित्रमा देखिएका छन् । १० फिल्ममा सोही चरित्रमा देखिएपछि उनले अब निरन्तरता नदिने निर्णय लिएका हुन् ।
‘एभेन्जर्स : एन्डगेम’ उनले क्याप्टेन अमेरिकाको भूमिकामा अभिनय गरेको अन्तिम फिल्म थियो । क्रिसको घोषणाले फ्यान निराश भएका छन् । केही समयअघि उनले आफू क्याप्टेन अमेरिकाको भूमिकामा देखिन इच्छुक नरहेको बताएका थिए ।
प्रतिक्रिया 4