
२७ असार, चितवन । पूर्वी चितवनको रत्ननगरस्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा एक पुरूष मृत फेला परेका छन् । पुलको पिल्लरमा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान सवा ६ बजे मृत भेटिएका ती पुरूष अन्दाजी ५० वर्षका छन् । उनको नाम, थर, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4