
काठमाडौं । हलिउडको लोकप्रिय फिल्म सिरिज ‘थोर : लभ एण्ड थन्डर’ले नेपाल, भारत र उत्तर अमेरिकामा उछाल ओपनिङ गरेको छ ।
नेपालमा १ करोड ७५ लाख रुपैयाँ ग्रसको सप्ताहन्त ओपनिङ गरेको फिल्मले तेस्रो उच्च ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान राखेको छ भने उत्तर अमेरिकामा कोरोना महामारीपछि तेस्रो धेरै ओपनिङ गर्ने फिल्म बनेको छ ।
भारतमा फिल्मले तीन दिनमा ५० करोड भारुको ओपनिङ गरेको छ । तेस्रो दिन आइतबार मात्र फिल्मले १७ करोड भारु कमायो । तेस्रो दिनमा कमाइमा ३० प्रतिशत ग्रोथ देखिएको छ ।
भारतमा फिल्मले पहिलो साता ७० करोड भारुभन्दा बढी कमाइ गर्ने अपेक्षा छ । आइतबार पनि नेपालमा सार्वजनिक बिदा भएकाले फिल्मले २ करोड नेरुभन्दा बढी कमाइ गर्ने अपेक्षा छ । एप्पल इन्टरटेनमेन्टले आइतबारको कमाइ सार्वजनिक गरेको छैन ।
क्रिस हेम्सवर्थ स्टारर फिल्मले उत्तर अमेरिकामा पहिलो सप्ताहन्तमा १४३ मिलियन डलरको डेब्यु गरेको छ । यो कमाइ सन् २०१७ मै रिलिज भएको ‘थोर : रागनोरक’भन्दा बढी कमाइ हो । अघिल्लो श्रृंखलाले १२३ मिलियन डलर कमाएको थियो ।
उत्तर अमेरिकामा यो कमाइ ‘जुरासिक वल्र्ड डोमिनियन’ (१४५ मिलियन डलर) र डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस (१८५ मिलियन डलर)भन्दा कम हो ।
नेपालमा ‘थोर : लभ एण्ड थन्डर’को यो कमाइ कोरोना महामारीपछि तेस्रो धेरै ओपनिङ गर्ने फिल्म हो । यसअघि ‘स्पाइडरम्यान’ र ‘डक्टर स्ट्रेन्ज २’ ले ‘थोर’भन्दा उच्च सप्ताहन्त ओपनिङ गरेका थिए ।
प्रतिक्रिया 4