
२७ असार, जनकपुरधाम । सर्लाहीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले लालबन्दी नगरपालिका १ नवलपुरबाट बीआर ३०एए३३६५ मोटरसाइकलमा सवार कोडैना गाउँपालिका २ बस्ने २८ वर्षीय रितेश कुमार यादवलाई सोमबार लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको हो ।
१५ सय थान नाइट्राभेट ट्याब्लेटसहित पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा लालबन्दी नगरपालिका -२ बस्ने रोशन भनिने विजय कुमार घिमिरेले घरमै लागूऔषध राख्ने गरेको बताएका थिए । उनकै सूचनाको आधारमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको घरबाट १०० एमएलको डाइलेक्स-डीई नामक ९० बोतल लागूऔषध बरामद भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बूढाथोकीले जानकारी दिए ।
पक्राउ परेका दुबैको बिषयमा थप अनुसन्धान भइरहेको बुढाथोकीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4