
काठमाडौं । नीमा एकेडेमी ई-लर्निङ एपले शैक्षिक सत्र २०७९ को प्रारम्भिक चरणमा डिजिटल सिकाइका अफरहरूसहित ‘मनसुन अनलाइन एडुफेस्ट’ ल्याउने तयारी गरेको छ । गुरु पूर्णिमा (२९ असार)को अवसर पारी ‘मनसुन अनलाइन एडुफेस्ट’ ल्याउने तयारी गरेको नीमा एकेडेमीले जनाएको छ ।
मनसुन अनलाइन एडुफेस्ट नाम दिएको उक्त ज्ञान मेला डिजिटल माध्यममा एक हप्तासम्म चल्नेछ । नीमा एकेडेमी ई-लर्निङ प्लेटफर्मले पाठ्यक्रम विकास केन्द्रद्वारा अनुमोदित कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी अनलाइन पाठ्यक्रमहरूको बन्डल प्याकेज भारी छुटमा प्रदान गर्दैछ ।
विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा किफायती मूल्यमा आकर्षक उपहारसहित उपलब्ध गराउने कुरा कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ।
यसका साथै नीमा एकेडेमीले आगामी दिनहरूमा अफर, योजना, सदस्यता सुविधाहरू र विद्यार्थी, शिक्षक, विद्यालय र विद्यार्थीहरूलाई लक्षित गरी लाभदायी प्याकेज ल्याउनेबारे खुलाएको छ।
मुख्यत: मनसुन अफर अन्तर्गत शिक्षार्थीहरूलाई कक्षा १ -१० सम्मका जुनकुनै पाठ्यक्रमहरूको वार्षिक प्याकेज खरिद गर्दा ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ । नीमा एकेडेमीका अनलाइन कोर्सका विषयवस्तु/पाठ्यक्रम शिक्षण सामग्री – ईपुस्तक, भिडियो, खेल, हाजिरीजवाफ,असाइनमेन्ट र एनिमेसनमा आधारित छन्।
नेपाली बजारमा भौतिक रुपमा प्रदर्शनी, मेला हुने गरे पनि डिजिटल माध्यम त्यसमा पनि अनलाइन शिक्षा क्षेत्रमा ज्ञानमेला नयाँ प्रयास मानिने समेत कम्पनीले अवगत गराएको छ।
प्रतिक्रिया 4