+
+

त्रिवि उपकुलपतिको कार्यालय अगाडि अनेरास्ववियूले थाल्‍यो आमरण अनशन

त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय अगाडि एकीकृत समाजवादी निकट अनेरास्ववियूका विद्यार्थीले आमरण अनशन सुरु गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १७:३०

२८ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय अगाडि एकीकृत समाजवादी निकट अनेरास्ववियूका विद्यार्थीले आमरण अनशन सुरु गरेका छन् ।

त्रिविभित्र रहेका विकृति, विसङ्गति र शैक्षिक अपराधीकरण बढेको भन्‍दै उनीहरु १४ बुँदै मागसहित उनीहरुले मंगलबारदेखि आमरण अनशन सुरु गरेका हुन् ।

एम.फिल र पीएचडीलाई नियमित बनाउन, स्रोत, साधन र प्राध्यापक त्रिविको प्रयोग गर्ने, विद्यार्थीबाट चर्को शुल्क असुल्ने कार्य गर्ने रोक्नुपर्ने, स्ववियू निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने, सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने लगायत माग गरेका छन्  ।

अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले १४ बुँदा माग पूरा नभएसम्म अनशन जारी राख्ने बताए । उनले भने, ‘हामीले शैक्षिक कार्यलाई प्रभाव नपार्ने गरी अनशन सुरु गरेका छौं । हाम्रो माग सम्बोधन नभएसम्म हामी अनशन जारी राख्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?