+
+

वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आईएमई बैंकको अग्रसरता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १९:२४

काठमाडौं । ग्लोबल आईएमई बैंकले बेलायतको लण्डनमा विदेशी मुद्रामा खाता र नेपालमा वैदेशिक लगानी विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

विदेशी विनिमय सञ्चितिको घट्दै गएको र शोधनान्तर घाटा बढ्दै जाँदा बैंकले बाह्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि नयाँ प्रयास गरेको हो । सोमबार संयुक्त अधिराज्यको लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र सृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरुपमा उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी गराएको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीहरुलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको जानकारी गराएका थिए ।

‘नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिने, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिसा कार्ड तथा मास्टर कार्डमार्फत विदेशमा खर्च गर्न सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरुले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा छ’ उनले भने ।

उनले विगत २२ वर्षमा आईएमईले नेपालमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन ठूलो योगदान बताए । ‘हामीले रेमिट्यान्स सेवा सुरु गर्दा मुलुकमा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन रेमिट कम्पनीको आवश्यकता थियो । आज आईएमई नाम आफैंमा रेमिटको पर्यावाची बनेको छ’ उनले भने ।

उनले मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेको र रेमिट्यान्सको आप्रवाह पनि घटेको अवस्थामा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने र नेपालमा थप वैदेशिक लगानी भित्र्याउनुपर्ने भन्दै त्यसमा फ्रन्टलाइनमा रहेर काम गर्न चाहेको बताए ।

उनले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीहरुले भूमिका खेल्नुपर्ने बताए । ‘यसका लागि तपाईंहरुले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलिदिनु पर्‍यो । नेपालमा थप वैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिनुपरर्यो,’ उनले भने ।

गैर आवासीय नेपाली संघसँग आफूहरुको सहकार्य सुरु भइसकेको बताउँदै उनले गैर आवासीय नेपालीहरुले स्थापना गरेको एनआरएन फन्डबाट लगानी जुटाई लम्जुङ जिल्लामा २७ मेगावाटको जलविद्युत् आयोजना निर्माण सकिएर परीक्षणको चरण्मा रहेको बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृति रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था र त्यसको प्रक्रियाबारे जानरीकारी गराएका थिए ।

यसअघि नेपलिज एकाउन्टेन्स् एसोसिएसन, युकेसँगको अन्तरक्रियामा बैंकका अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानीका लागि युकेका व्यवसायी तथा लगानीकर्ताहरुलाई सहजीकरण गर्न एसोसिएसनलाई आग्रह गरेका थिए । लगानी प्रतिफलको हिसाबले पनि नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको बताउँदै, उनले धेरैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउन युकेमा रहेका नेपालीहरुले नै भूमिका निभाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?