
काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले दीक्षान्त समारोह आयोजना गरेको छ । उक्त दीक्षान्त समारोहमा सन् २०२० र २०२१ मा स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिएको छ ।
२०२० मा स्नातकोत्तर तह अन्तर्गत एमएससी इन्फर्मेसन टेक्नोलोजी विषयका १९ जना विद्यार्थी दीक्षित भएका छन् । त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत बीएस्सी (हन्स) कम्प्युटिङ, बीएस्सी (हन्स) कम्प्युटर नेटवर्किङ एन्ड आईटी सेक्युरेटी एन्ड बीएस्सी (हन्स) मल्टिमिडिया टेक्नोलोजिज विषयमा अध्ययन पूरा गरेका ७३२ जना विद्यार्थी दीक्षित भएका छन् ।
त्यसैगरी सन् २०२१ काे शैक्षिक सत्रमा स्नातकोत्तर तह अन्तर्गत एमएससी इन्फर्मेसन टेक्नोलोजी तह पूरा गरेका ४६ जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी थिए । कोभिड-१९ संक्रमणका कारण विगत दुई वर्ष दीक्षान्त समारोह हुनसकेको थिएन । यो वर्षमा सन् २०२० र २०२१ को दीक्षान्त समारोह एकैसाथ आयोजना गरिएको कलेजले जनाएको छ ।
समारोहमा सन् २०२० विजनेश डिग्री बीए (हन्स) विषयमा स्नातक तह गर्ने ७४ र सन् २०२१ मा विजनेश एडमिनिस्ट्रेशन एन्ड एमबीए तह पूरा गर्ने ११९ विद्यार्थी दीक्षित भएका छन् ।
कलेजले सोमबार र मंगलबार दुई दिनसम्म दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4