
२८ असार, काठमाडौं । काठमाडौंको टेकु नजिकै हृयुमत टोलस्थित नारायण मन्दिरबाट चोरी भएर अमेरिका पुगेका करिब ७०० वर्ष पुराना पुरातात्विक टुँडालहरू नेपालमा फर्काइएको छ । १९८०को दशकमा नारायण मन्दिरबाट हराएका १२-१३ औं शताब्दीका दुई टुँडालहरू बुधबार नेपाल फिर्ता ल्याइएको हो ।
एक अमेरिकी कलाप्रेमी नागरिकले न्युयोर्कस्थित नेपाली कन्सुलेट जनरलमार्फत ती कलाकृतिहरू नेपाल फिर्ता गराएको नेपालस्थिति अमेरिकी दूतावासले जनााएको छ ।
‘उहाँले आफैंले नेपालसम्म ल्याउन लाग्ने खर्च पनि बेहोरी दिनुभयो,’ दूतावासले भनकेो छ ।
दूतावासकी निमित्त मिसन उपप्रमुख एबिगेल अरोन्सनलेसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानलाई पुरातात्विक टुँडाल हस्तान्तरण गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4