
२९ असार, दाङ । दाङको सामुदायिक वनमा एक जना पुरुषको शव फेला परेको छ।
राप्ती गाउँपालिका-१ भालुवाङस्थित राप्ती सामुदायिक वनमा वडा नम्बर-८ पिपरी निवासी ४५ वर्षीय दलबहादुर चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
मंगलबार बिहान जंगलमा च्याउ खोज्न जंगल गएका महिलाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।
घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4