
२९ असार, काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले ३१ गते शुक्रबार दिउँसो ३ बजेका लागि निर्वाचनको समय निर्धारण गरेका हुन् ।
लगतै संसद सचिवालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ, जसअनुसार भोलि बिहीबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
उम्मेदवारहरूको सूची साढे १ बजे प्रकाशित हुनेछ भने ३१ गते ३ बजे बस्ने संसदको बैठकमा उम्मेदवारीको सूचना प्रस्तुत हुनेछ ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4