
काठमाडौं । कलाकार दमन रुपाखेती हास्य टेलिसिरियल ‘मेरी बास्सै’को निर्देशकको जिम्मेवारीबाट अलग भएका छन् । मंगलबारको एपिसोडबाट आफू ‘मेरी बास्सै’बाट अलग भएको उनले जानकारी दिए ।
रुपाखेतीले अनलाइनखबरसँग भने, ‘प्रोडक्सन टिमसँगको असमझदारीले सिरियल छाडेको हुँ, निर्माण कम्पनी मिडिया हबसँग सम्बन्ध छैन ।’ उनले यस विषयमा विस्तृतमा भने बताउन चाहेनन् ।
तर उनी निकट स्रोतले भने मिडिया हबका सञ्चालक सोम धितालको दबाब थेग्न नसकेर रुपाखेतीले ‘मेरी बास्सै’ छाडेको जनाएको छ । उनले केही समयदेखि हास्य टेलिसिरियल ‘मेरी बास्सै’को निर्देशन गरिरहेका थिए । यो सिरियल नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4