
२९ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित जनप्रशासन क्याम्पसको १० रोपनी १३ आना जग्गामा रहेको व्यापारिक भवन वर्ल्ड ट्रेड सेन्टरले १ करोड ६७ लाख रुपैयाँ भाडा बुझाउन बाँकी रहेको पाइएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार भवन निर्माण गरी ३२ वर्ष प्रयोग गर्नेगरी उक्त जग्गा भाडामा दिन एक व्यवसायीसँग २०५९ माघ २ गते सम्झौता भएको हो ।
सम्झौता अनुसार प्रत्येक महिनाको घर भाडा महिना सुरु भएको १५ दिनभित्र बुझाइसक्नुपर्ने र समयमा नबुझाएमा २० प्रतिशका दरले विलम्ब शुल्क लाग्ने व्यवस्था छ ।
तर, ती व्यवसायीले २०६४ साल वैशाखदेखि २०७८ असारसम्म १ करोड ६७ लाख बुझाउन बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4