
३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र पनि एकता कायम गर्न सभापतिलाई सुझाव दिएका छन् ।
बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावका लागि पाँचदलसँग तालमेलसँगै पार्टीभित्र पनि एकता चाहिने बताए ।
‘१४औं महाधिवेशन म आफू पनि सभापतिको उम्मेवार थिएँ । शेखर जी हुनुहुन्थ्यो, प्रकाशमान जी हुनुहुन्थ्यो,’ उनले भने, ‘रामचन्द्र पौडेल, कृष्ण सिटौला र शशांक लड्नु भएन । तर कांग्रेसमा तपाईं बाहेक शक्ति केन्द्र र उपकेन्द्र धेरै छन् । यसलाई पनि एकतावद्ध गरेर लैजान आवश्यक छ । यो तपाईंको जिम्मेवारी हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4