
३० असार, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सबीच मर्जर हुने भएको छ । दुई कम्पनीबीच बिहीबार मर्जरसम्बन्धी प्रराम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
मर्जरपछि बन्ने संस्थाको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने सहमति भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । दुई कम्पनीबीच १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर सम्झौता भएको छ ।
मर्जरपछि बन्ने कम्पनीको अध्यक्षमा प्रभु लमाइफ इन्स्योरेन्सका अध्यक्ष सुवास अमात्य हुने र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफका भट्टराई हुने सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4