
३० असार, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको छ ।
अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ । साथै भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको नेताहरूले बताएका छन् ।
बैठकमा नगएको भट्टराई पक्षले भने काठमाडौंमा भेला गरेर पार्टी पुनर्गठनको निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4