
३१ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ डिल्लीबजार बस्ने ४२ वर्षीया बन्दना उप्रेती रहेकी छिन् ।
उनलाई सीआईबीको टोलीले काठमाडौं महानगरपालिका-४ चण्डोलबाट पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७9 साल असार ५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० दिन कैद र १ करोड ५९ लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।
उप्रेतीले प्राइम कमर्सियल वैंक लिमिटेड बागबजार शाखामा उनकै नाममा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी चेक दिएकी थिइन् ।
पक्राउ परेकी उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4