
३१ असार, काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको प्रत्यक्ष रिपाेर्टिङमा पत्रकारलाई निषेध गरिएको छ ।
उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरुले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिपाेर्टिङ गर्न रोक लगाएका छन् । उनीहरुले ‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् ।
प्रतिनिधिसभामा उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4