
३१ असार, काठमाडौं । श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रम सिंघेले कार्यवाहक राष्ट्रपतिको शपथ लिएका छन् ।
आर्थिक संकट गहिरिएका कारण आन्दोलन चर्किएपछि मुलुक छाडेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार राजीनामा दिएसँगै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री विक्रम सिंघेले शुक्रबार शपथ लिएका हुन् ।
उनले प्रधानन्यायाधीश जयन्थ जयसुरियासामु शपथ लिएका हुन् । राजापाक्षेले नै विक्रम सिंघेलाई बुधबारै कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरेका थिए ।
संविधान अनुसार विक्रम सिंघेले अबको केही समयसम्म कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी वहन गर्नेछन् भने शनिबारबाट सुरु हुने त्यहाँको संसद बैठकले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया सुरु गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4