
३१ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ देशका का लागि नेपाली राजदूतलाई शपथ गराएकी छिन् ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको कार्यक्रममा बहराइनका लागि तीर्थराज वाग्ले, ओमानका लागि डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नवराज सुवेदी, श्रीलंकाका लागि वासुदेव मिश्र, इजिप्टका लागि सुशीलकुमार लम्साल र बंगलादेशका लागि घनश्याम भण्डारीले पद तथा गोपनीयताको शपथ गरेका हुन् ।
यस्तै अष्ट्रिया तथा संयुक्त राष्ट्रसंघ भियनाका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त भरतकुमार रेग्मीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई राष्ट्रपतिले गत हप्ता राजदूत नियुक्त गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4