
१ साउन, काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६ सय, तेजावी सुनको मूल्य ९३ हजार १ सय र चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ छ ।
शुक्रबार छापावाल सुनको मूल्य ९३ हजार ८ सय, तेजावी सुनको मूल्य ९३ हजार ३ सय र चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4