
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ । स्थापना कालदेखि ०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको कम्पनीले जनाएको छ ।
ओपीसी मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओपीसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नाप तौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो ।
गुणस्तर राम्रो भएकै कारण यो सिमेन्ट ग्राहकहरुको पहिलो रोजाइमा पर्दै आइरहेको कम्पनीले बताएको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भूमिका प्रस्तुत गर्दै आइरहेको कम्पनीको भनाइ छ ।
ग्राहकहरुको विश्वास र भरोसाले गर्दा नै यो सिमेन्ट सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्टको सूचीमा अग्रस्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।
‘भरोसा अटुट सम्बन्धको’, ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज, ‘गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’ जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको कम्पनीक भनाइ छ ।
हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्यधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त यो सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिंदै आएको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4