
१ साउन, काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको बढ्दै गएका छन् । आइतबारसम्म ३१ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार नुवाकोट कंकनीका एक युवकमा हैजा देखिएसँगै संक्रमित संख्या ३१ पुगेको हो ।
‘नुवाकोट कंकनीका एक जना युवक थप उपचारका लागि टेकु अस्पताल आउनु भएको थियो,’ महाशाखाका प्रमुख चुम्मनलाल दासले भने,’ अहिले उहाँ घर फर्किनु भएको छ । संक्रमित मध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।’
हैजा देखिएकामध्ये १४ वर्षमुनिका ६ जना बालबालिका रहेका छन्।
त्यस्तै, १५ देखि २४ वर्षसम्मका ९ जनामा हैजा देखिएको छ । यसैगरी २५ देखि ४४ वर्षसम्मका ७ जना, ४५ देखि ६४ वर्षसम्मका ७ जना र ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको छ ।
हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ । अन्य बिरामी निको भएर घर फर्किसकेको छन् ।
पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो । त्यसपछि बिरामीको संख्या बढ्दै गएकोछ ।
प्रतिक्रिया 4