+

स्कटल्याण्डको अवस्था चुनौतीपूर्ण थियो : प्रशिक्षक पुबुदु

२०७९ साउन  २ गते १३:४७ २०७९ साउन २ गते १३:४७
स्कटल्याण्डको अवस्था चुनौतीपूर्ण थियो : प्रशिक्षक पुबुदु

२ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भएको त्रिकोणात्मक शृखंलामा नेपालले चारमध्ये एक मात्र जित्दा तीन खेलमा हार बेहोर्‍यो । तीन खेल जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन ।

आइतबार राती भएको घरेलु टोलीविरुद्धको खेलमा नेपाल १२८ रनमा अलआउट हुँदै ८ विकेटले पराजित भयो । उक्त खेलपछि नेपालका प्रशिक्षक पुबुद दासानायकेले स्कटल्याण्डको अवस्था चुनौतीपूर्ण भएको तर युवा खेलाडीले राम्रो सम्भावना देखाएको बताएका छन् ।

क्रिकनेपालसँगको कुराकानीमा पुबुदुले यो कठिन टुर भएको र ब्याटरका लागि चुनौतीपूर्ण भएको बताए । ‘नेपालको लागि यो टुर कठिन रह्यो । तर मलाई लाग्छ पछिल्ला केही दिनबाट खेलाडीहरुले सिकेका छन् । यहाको अवस्था चुनौतीपूर्ण थियो विशेषगरी हाम्रो ब्याटरका लागि । तर बलिङ युनिङले राम्रो प्रदर्शन गर्‍यो ।’ पुबुदुले भने ।

उनले नतिजा चाहेजस्तो नभए पनि अहिलेको अनुभवले भविष्यमा काम लाग्ने बताए । ‘नतिजा हामीले चाहेजस्तो भएन । तर यहाँ बउँदा खेलाडीले धेरै सिके । नेपाल युरोप आउँदा सधैँ संघर्ष गरिरहेको हुन्छ विशेषगरी ब्याटिङ डिपार्टमेन्टमा,’ पुबुदुले भने, ‘ यो सिकाइ हो । युवा ब्याटिङ समूह हो, र त्यसमा सकारात्मक छ । अन्तिम खेल बाहेक अन्य तीन खेल हामीले प्रतिस्पर्धात्मक रूपमा खेल्यौं । म पक्का छु कि हामीले यो अनुभवलाई भविष्यमा अझ राम्रो बनाउन प्रयोग गर्नेछौं ।’

लिग टु मा ९ मध्ये पाँच शृखंला खेलिसकेको नेपाल २० खेलबाट १७ अंकसहित छैटौं स्थानमा छ । यसबाट शीर्ष तीन स्थानमा रहने टोली अर्को वर्ष जुन-जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकपको मुख्य छनोटमा पुग्नेछ । नेपालको लागि त्यो सम्भावना कठिन बन्दै गएको छ ।

नेपालले अब लिग टु मा चार शृंखला खेल्न बाँकी छ । प्रशिक्षक पुबुदुले अब केही समय ब्रेकपछि नेपालले आगामी सेप्टेम्बरमा पपुवा न्युगिनी गएर घरेलु टोली र युएईसहितको शृखंला खेल्ने बताए । त्यसपछि नेपालले नामिबियामा नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित शृखंला खेल्नेछ । त्यसपछि बाँकी दुई शृंखला नेपालले घरेलु मैदानमा खेल्नेछ ।

आईसीसी क्रिकेट पुबुद दासानायके
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय