+
+

कांग्रेस बैठकमा प्रस्ताव : गठबन्धनका दलहरुसँग चुनावी तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १६:५६

२ साउन, काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने भएको छ ।

पार्टी कार्यालय, सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने प्रस्ताव पेश भएको छ । शीर्ष नेताहरुसँग सहमति गरेर प्रस्ताव आएकाले यही निर्णय हुने एक नेताले बताए ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गठबन्धसहित प्राप्त परिणामप्रति सन्तोष व्यक्त गरेको छ । अब आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित हुने भन्दै कांग्रेसले अब पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने बताएको छ ।

तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र बैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ ।

‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठिनक वस्तुस्थिति तथा पार्टी पक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग सम्वादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दैछ,’ प्रस्तावमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?