
फाइल तस्वीर
२ साउन, दाङ । दाङको राप्ती गाउँपालिका-२ बराखुट्टीका ७७ वर्षका शिवलाल जिसी घर नजिकै मृत अवस्थामा फेला परेका छन् ।
सोमबार विहान ९ बजेतिर मकैबारीमा घर्तीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख सुजनविक्रम शाहीका अनुसार घर्ती असार ३० गते घरबाट वडा कार्यालय जाने भनेर निस्किएका थिए । आइतबार घर्तीका परिवारले उनको खोजी गरिदिन भन्दै प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
घर्तीको मृत्युको यकिन कारण नखुले पनि मादकपदार्थ सेवन गरेर लड्दा मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4