
२ साउन, विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयमा समायोजनको माग गर्दै मनमोहन पोलिटेक्निकका प्राध्यापक र कर्मचारीहरु आन्दोलित बनेका छन् ।
प्रदेश १ सरकारले स्थापना गरेको विश्वविद्यालय मातहतको मनमोहन पोलिटेक्निकमा काम गर्दै आएका प्राध्यापक र कर्मचारीले स्वत विश्वविद्यालयमा समायोजन गर्नुपर्ने माग गरेका हुन् ।
पटक पटक आग्रह गर्दा पनि माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिएको प्राध्यापक संघकी अध्यक्ष सविता गौतमले बताइन् ।
कर्मचारी संघकी अध्यक्ष प्रकृति भट्टराईले पोलिटेक्निकबाट देशकै पहिलो प्राबिधिक विश्वविद्यालयमा रुपान्तरण भएको मनमोहन प्राविधिक विश्वविद्यालयले वर्षौदेखि काम गर्दै आएका कर्मचारी र प्राध्यापकलाई बेवास्ता गरेपछि आन्दोलनमा उत्रिएको बताइन् ।
उनका अनुसार पोलिटेक्निकमा वर्षौदेखि काम गर्दै आएका ३० जना कर्मचारी र ६० जना प्राध्यापक छन् । ती मध्ये केहीलाई मात्र विश्वविद्यालयले आफू मातहत बढुवा गरेर लगेको छ ।
अन्य विश्विद्यालयहरुले पनि पहिले आफू मातहतका प्राध्यापक र कर्मचारीहरुलाई समायोजन गरेर सम्मान गरेको नजिर भए पनि मनमोहनले उपेक्षा गरेको उनीहरुको गुनासो छ ।
प्रतिक्रिया 4