+
+

५२ सय वटा सरकारी कार्यालयमा एकसाथ प्रयोगमा आए दुई वित्तीय सूचना प्रणाली

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १४:४०

३ साउन, काठमाडौं । संघ र प्रदेशका ५२ सय वटा सरकारी कार्यालयमा एक साथ दुई वटा वित्तीय सूचना प्रणाली प्रयोगमा ल्याइएको छ । महालेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रयोग गर्ने वित्तीय व्यवस्थापन सूचना प्रणालीको सोमबार शुभारम्भ गरिएको छ ।

सोमबार नै नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रालय, केन्द्रीय निकाय, विभाग र निर्देशनालयहरुले प्रयोग गर्ने मन्त्रालयगत वित्तीय सूचना प्रणाली समेत प्रयोगमा ल्याइएको छ । यी प्रणालीले तीन वटै तहको सरकार (संघ, प्रदेश र स्थानीय) का प्रतिवेदन विश्वसनीय र समयमै तयारी पार्न सहयोग गर्ने महालेखा नियन्त्रक सुमनराज अर्यालले बताएका छन् । उनका अनुसार यो प्रणालीबाट मन्त्रालय तथा केन्द्रीय निकायको केन्द्रीय स्तरको लेखा समेत सुदृढ हुने भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कुल ५२ सय वटा कार्यालय लाभान्वित हुने यस प्रणालीबाट तीन वटै तहका सरकारको वित्तीय विवरण समयमै प्राप्त हुने भएको छ । प्रणालीले दिने सूचनाका आधामार उच्च व्यवस्थापनलाई तथ्यमा आधारित भएर निर्णय लिन समेत सहयोग पुग्ने भएको छ । तीन वटै तहको सरकारको एकीकृत वित्तीय विवरणहरु सरल, सहज, विश्वसनीय र कम लागतमा बन्ने समेत महालेखाले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?