
३ साउन, काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड-१९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी २३ भदौदेखि २७ भदौसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।
नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना एवं इभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजकको छ ।
संघका अध्यक्ष शुभेन्द्र जोशीले एक्सपोबाट व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे । एक्स्पोले आर्थिक क्रियाकलाप चलायमान बनाउन योगदान पुग्ने उनको भनाइ थियो ।
२०७६ भदौ अन्तिम साता सातौं संस्करणको एक्स्पो आयोजना भएको थियो । त्यसयता कोरोना महामारीका कारण पछिल्ला २ वर्षसम्म एक्स्पो आयोजना हुन सकेको थिएन ।
५ दिनसम्म चल्ने एक्स्पोमा १ सय २० भन्दा बढी स्टल रहने छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ ।
प्रतिक्रिया 4