
४ साउन, काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त भएका छन् ।
सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज जिम्मेवारी दिएका हुन् ।
यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन् । सचेतक रहेकी पुष्पा भुसाल पनि उपसभामुख निर्वाचित भएपछि दुवै पद रिक्त थियो । रिक्त पदमा देउवाले नयाँ नियुक्ति गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4