
४ साउन, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की पत्नी ओलेना जेलेन्सा अमेरिका पुगेकी छन् ।
उच्चस्तरीय बैठकमा सहभागी हुन र अमेरिकी संसदलाई सम्बोधन गर्न उनी अमेरिका गएकी हुन् । उनी युक्रेन सरकारको कुनै जिम्मेवारीमा भने छैनिन् ।
ह्वाइट हाउसका अनुसार ओलेना जलेन्स्काले सोमबार विदेशमन्त्री एन्टोनी ब्लिंकनसँग र मंगलबार राष्ट्रपति जो बाइडनसँग भेटवार्ता गरेकी थिइन् । ओलेनाले आज क्यापिटल हिलमा संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
चार महिना अघि राष्ट्रपति जेलेन्स्कीले अमेरिकी संसदलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।
युक्रेनमा रुसले आक्रमण गरेको पाँच महिना पुगिसकेको छ । यसबीचमा युक्रेनले अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने कोसिस गर्दै आएको छ । रुसविरुद्ध लड्न युक्रेनले अमेरिकाबाट सैन्य र राजनीतिक सहयोगको अपेक्षा गर्दै आएको छ ।
अमेरिकी संसदले हालसम्म युक्रेनलाई करिब ४० अर्ब डलर सहायता दिन पहिले नै मन्जुरी दिइसकेको छ ।
प्रतिक्रिया 4