४ साउन, काठमाडौं । बायर्न म्युनिखका डिफेन्डर क्रिस रिचार्ड क्रिस्टल प्यालेसमा आबद्ध भएका छन् । उनका लागि क्रिस्टल प्यालेसले १३ मिलियन युरो तिरेको छ ।
२२ वर्षीय अमेरिकन डिफेन्डर रिचार्ड पछिल्लो सिजन लोनमा बुन्डेस लिगाका लागि होफेनहेममा आबद्ध भएका थिए ।
जनवरी २०१९ मा स्थायी सम्झौता हुनु अघि नै २०१८ मा एफसी डालसबाट उनी बायर्न म्युनिखमा आएका थिए ।
विभिन्न पोजिसनमा बसेर राम्रो खेल्न सक्ने रिचार्डले बार्यनका लागि पाँच तथा बुन्डेस लिगामा होफेनहेमका तर्फबाट ३० खेल खेलेका छन् । उनले अमेरिकाको राष्ट्रिय टिमबाट पनि आठ खेल खेलेका छन् ।
उनी पेट्रिक भियराले क्रिस्टल प्यालेसमा आवद्ध गरेका चौथो खेलाडी हुन् । यसअघि साम जोनस्टोन, माल्कोम इबियोवेई र चेक डेकुरे क्रिस्टल प्यालेसमा आबद्ध भएका थिए ।
प्रतिक्रिया 4