४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् ।
नेपाली टिमबाट राजीनामा दिएको केही बेरपछि नै पुबुदु आफ्नो राष्ट्र क्यानडाका मुख्य प्रशिक्षक नियुक्त भएको क्रिकेट क्यानडाले जनाएको छ ।
क्रिकेट क्यानडाले आधिकारिक फेसबुक पेजमा पुबुदु प्रमुख प्रशिक्षक नियुक्त भएको भन्दै बधाई दिएको छ ।
नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका उनले बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी दिएका हुन् । उनले राजीनामाको घोषणा गरे लगत्तै क्रिकेट क्यानडाले उनी प्रमुख प्रशिक्षक नियुक्त भएको घोषणा गरेको हो ।
काठमाडौंमा भएको पत्रकार सम्मेलन पुबुदुले घर परिवारलाई समय दिनका लागि अब एक वर्ष क्यानडामा नै बस्ने बताएका थिए ।
पुबुदु २००७ देखि २०११ सम्म क्यानडाको प्रमुख प्रशिक्षकको रुपमा कार्यरत थिए ।
प्रतिक्रिया 4