
५ साउन, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले एक करोड रुपैयाँ बराबरका राजश्व छलीका सामानसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका-१ घर भइ हाल काठमाडौं–७ बस्ने ४० वर्षीय नवराज शर्मा भन्ने छविलाल अगस्ती छन् ।
कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार अगस्तीले कोठा भाडामा लिएर अवैध चुरोट, विभिन्न प्रकारका पटका, गुट्खा, बजार मोटरसाइकलका पाटपूर्जा, अक्सिमिटर लगायत राखेका थिए ।
कार्यालयको विशेष टोलीले निगरानी गरेर काठमाडौं – ७ गोपीकृष्ण नगरस्थित कोठामा छापा हानेर २९८० बन्डल विदेशी चुरोट, मुर्गा छाप, सन फ्लावर लगायतका पटका ४२० केजी, पानराज गुट्खा ४८ केजी र ३८० वटा अक्सिमिटर बरामद भएको छ ।
थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4