
काठमाडौं । काठमाडौंको हेरल्ड कलेजका ४८१ जना विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बीच स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरु दीक्षित भएका हुन् ।
दीक्षित हुनेमा सन् २०१९/२० मा स्नातक तह उत्तीर्ण बीएस्सी हन्स कम्प्युटर साइन्सका १६०, बीएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६ र सन् २०२०/२१ मा स्नातक तह उत्तीर्ण बीएस्सी हन्स कम्प्युटर साइन्सका २४९ र बीएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका ४६ गरी कुल ४८१ जना विद्यार्थीहरू रहेका छन् ।
कोभिड–१९ महामारीका कारण दीक्षन्त समारोह दुई वर्षपछि आयोजना भएको हो । दीक्षान्त समारोहमा युनिभर्सिटी अफ वुल्भरह्याम्पटन विश्वविद्यालयका प्रोभाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै नेपालको कलेजसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताए ।
आईएनजी ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले हेरल्ड कलेजले विद्यार्थीहरूलाई नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको बताए ।
प्रतिक्रिया 4