+
+

झलनाथ खनालको प्रश्न : क्याबिनेटभन्दा बाहिर कता छ कार्यकारी अधिकार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १५:०८

५ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राममा सहभागी नहुने भनेर अझैसम्म पत्र नपठाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै खनालले २२ असारमा मन्त्रिपरिषद्ले निर्णय गरेपनि अझैसम्म पत्राचार नभएको बताए । उनले अघि भने, ‘के कारणले लेख्न सकिएको छैन ? हाम्रो देशको क्याबिनेटभन्दा बाहिरतिर कता छ कार्यकारी अधिकार ?’

खनालले सरकारले चियामा बेवास्ता गरेको भन्दै सरकारको आलोचना गरे । उनले मुलुकमा चियाको उत्पादन बढिरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको उनले गुनासो गरे ।

राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुरेको भन्दै खनालले तत्काल चियाको अक्सन सेन्टर खोल्न माग गरे ।

‘सिंगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिन्छ । तर हामीले अध्ययन गरेर योजना बनाउने काम गर्न सकेका छैनौँ । राज्यले बजार खोज्न भुमिका खेल्नुपर्छ । नत्र चिया उत्पादकहरुले चिया उखेलेर फाल्दैनन् भन्न सकिँदैन’ उनले भने, ‘उनीहरुले चियाको उचित मूल्य पाइरहेका छैनन् । चियाको चिनियाँ बजार पाउने हो भने धेरै फाइदा लिनसक्छ । चियाको अक्सन सेन्टर खोल्नुपर्छ । तत्काल खोल्नुप¥यो । रुलिङ गर्न आग्रह गर्दछु ।’

खनालले सरकार नै कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?