
फाइल तस्वीर ।
५ साउन, सुर्खेत । सुर्खेतको सामुदायिक जङ्गलमा मानव कंकाल फेला परेको छ ।
भेरीगंगा नगरपालिका–१०, साततलेस्थित गौरीशंकर सामुदायिक जङ्गलमा बिहीबार दिउँसो मानव कंकाल भेटिएका कर्णाली प्रदेश प्रहरीले जानएको छ ।
प्रदेश प्रहरी कार्यलयका प्रवक्ता एवंम् प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार स्थानियहरुले च्याउ खोज्न गएको बेला मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाए लगतै ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटएको थियो । उक्त मानव कंकाल पुरुष ब्यक्तिको भएको र त्यो तीन/चार महिना पुरानो रहेको एसपी पाण्डेले बताए ।
‘कंकाल छरिएको अवस्थामा फेला परेको थियो । अहिले जनप्रतिनिधिको रोहबरमा घटनास्थालबाट मुचुल्का गरी कंकाललाई कार्यालयमा ल्याइदै छ,’ उनले भने । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4