+

राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त

२०७९ साउन  ६ गते १४:३१ २०७९ साउन ६ गते १४:३१
राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त

६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ ।

उनले २१ भदौदेखि नेपालमा आयोजना हुन लागेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप लागि टोलीलाई प्रशिक्षण दिने छन् ।

एपीएफ क्लबका प्रशिक्षक थापाले दोस्रो पटक महिला टोलीको प्रशिक्षण सम्हाल्न लागेका हुन् । यसअघि उनले २०७३ पनि महिला साफको लागि प्रशिक्षण दिएका थिए ।

एन्फाले पूर्व महिला विभाग प्रमुख विन्द्रा देवानलाई म्यानेजरको रुपमा नियुक्त गरेको छ ।

एन्फाले साफ च्याम्पियनसिप आयोजनाका लागि समिति पनि गठन गरेको छ । महिला साफ आयोजक कमिटीको संयोजकमा वीरबहादुर खड्का नियुक्त भएका छन् ।

जस अनुसार प्रतियोगिताको भेन्यु म्यानेजरको रुपमा रविन्द्र चन्द, व्यवस्थापकमा विजय घले तथा सुरक्षा प्रमुखमा दिनेश व्यञ्जनकार नियुक्त भएका छन् । एन्फाले सञ्जिव शिल्पकारलाई मार्केटिङ तथा मिडिया संयोजक बनाएको छ ।

एन्फा कुमार थापा महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय