
सुन्दरीजल खोला । तस्वीरः गौरव पोखरेल/अनलाइनखबर
७ साउन, काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता भएका छन् ।
साथीहरुसँग घुम्न गएका कपनमा १६ वर्षका शुभम श्री प्रधान खोलामा खसेर हराएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरिरहेको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार शनिबार विहान शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा घुम्न गएको ७ जनाको टोलीका एक सदस्य प्रधान हराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4