
काठमाडौं । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई ८ वटा गाडी हस्तान्तरण गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयुक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमकाबीच आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा गाडी गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् ।
मन्त्री खाँणले अत्याधुनिक उक्त ८ वटा गाडी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मन्त्री खाँणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्दै विपद्बाट बच्न विपद् हुनुअघिदेखि आवश्यक उपकरणहरु जुटाउन आवश्यक रहेको बताए ।
आइएमई ग्रुपमा अध्यक्ष ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो गाडी रहेको उल्लेख गर्दै विपद्मा परेकाहरुको जीवन बचाउन, ठूला घटनामा उद्धार गर्न, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्राधिकरणलाई हस्तान्तरण गरिएका गाडीले एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्वार गर्न सकिन्छ । यसमा रहेको उपकरणले यसलाई मिनी अस्पताल नै बनाइएको छ ।
आईएमईका अनुसार यी गाडीहरूमा मिनी–अस्पताल प्रकारका उपकरणहरूले सुसज्जित छन् । त्यहाँ जीवन बचाउने आधुनिक उपकरणहरू महत्वपूर्ण हेरचाह सुविधाहरू छन् । यी ठूला एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटीभी क्यामेरा छन् ।
प्रतिक्रिया 4